लागूऔषधसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार राति भीमदत्त नगरपालिका(३ जनज्योति चोकबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?