हात्तीले पाँचवटा घर भत्कायो, अन्नपात खाएर नष्ट

फाइल तस्बिर

Read Time = 2 mins

सप्तरी । सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो ।

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताउनुभयो ।

एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पु¥याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भेगमा सालैपिच्छे हात्तीले आतङ्क मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?