जयकर स्मृति टेनिसमा १४ राष्ट्र

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाउनुभएको छ । दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गल्र्स खेलाडी सहभागी हुनेछन् ।

सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा एक अंक प्राप्त गर्नेछन् । डबल्समा खेलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंकमात्र पाउनेछन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?