मिसेस वल्र्डमा भागलिन दिक्षा अमेरिका प्रस्थान

Read Time = 2 mins

काठमाडौं । यस वर्षको मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वल्र्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गर्नुभएको छ । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेष्ट गेट रिसोर्टमा सम्पन्न हुने मिसेस वल्र्डको फिनालेमा उहाँले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।

सन् १९८४ मा स्थापित मिसेस वल्र्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्नेगर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अष्ट्रेलियालगायत महादेशवाट ६० भन्दाबढी राष्ट्रहरूका सहभागी हुँदैछन ।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लाग्नुभएकी दिक्षालाई हाल अमेरिकामै बसोवास गर्दै आइरहनुभएकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेकअप गर्नुहुनेछ । दिक्षाले यसअघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई-वाई मिसेस नेपाल वल्र्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन हुनुभएको थियो र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वल्र्डमा सहभागिता जनाउँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?