दलहरूले समानुपातिक उम्मेदवारको नाम आज अपरान्हसम्म सच्याउन पाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ ।

आयोगले समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गत दलहरूले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । तर, प्रदेश सभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रदेशतर्फ नाम सिफारिस गर्दा त्रुटी भेटिएको निर्वाचन आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?