आजबाट ट्विटरले ब्लु टिक मार्कबापत शुल्क लिने, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एलन मस्कको कम्पनी ट्विटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ ।

ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले आईफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् ।

एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ। ट्विटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।

सुविधाहरू
कम्पनीका अनुसार, ‘हामी सोमवार ट्विटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्विट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड र एउटा नीलो चेकमार्क पनि पाउँछन्। यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्विटरले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?