तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

Read Time = 1 min

काठमाडौं । सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १४ सय रुपैयाँ कायम रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?