काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताउनु भएको छ ।
साथै उहाँले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे समेत बताउनु भएको छ ।
अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उहाँको भनाइ छ ।
सरकारले ल्याउन लागेको अध्यादेशबारे उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका