होटलमा लगेर तीन बालिकालाई बलात्कार गरेको आरोपमा तीन युवा पक्राउ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालिका बलात्कारको आरोपमा तीन जना पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–२ समिट चोकमा रहेको एक होटलमा राखी तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बागलुङको गलकोट नगरपालिका–९ घरका २५ वर्षीय अशोक दर्लामी, रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

एक १६ वर्षीया र दुई १५/१५ वर्षीया तीन जना बालिकालाई जर्वजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान घरबाट हिँडेका बालिकाहरु अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा उनीहरुलाई होटलमा फेला पारेर प्रहरीलाई खबर गरेको थियो । खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले उनीहरु छ जनालाई नै होटलमा भेटेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?