पश्चिम नवलपरासीको सरावलबाट ३४ लाख बराबरको चिनी बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सरावलबाट प्रहरीले पिकअप सहित ठूलो मात्रामा चिनी बरामद गरेको छ ।

सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवाबाट सशस्त्र प्रहरी बल नेपाल नमबर २६ गण हेड क्वाटरबाट खटिएको टोलीले भारतबाट भन्सार छलि गरि ल्याउँदै गरेको २ वटा पिकअपसहित ३४ लाख दुई हजार बराबरको चिनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका ६ हजार केजी बराबरको चिनी र पिकअपलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?