विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा तालाबन्दी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । नेपाल विद्युत प्राधिकरणको बाजुरा केन्द्रमा तालाबन्दी भएको छ ।

सोमबार सम्झौता अनुसारको क्षतिपुर्ति नपाएको भन्दै मृतक भक्त रावलका आफन्तले तालाबन्दी गरेका छन् ।
साउन २६ गते प्राधिकरणका कर्मचारी भक्त रावलको विद्युत लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वदलीय बैठकले उनी श्रीमतीलाई करारमा जागिर खुवाउने र ५ लाख क्षतिपूर्ति दिने सहमति भएको थियो ।

सहमति अनुसार क्षतिपुति नपाएको भन्दै कार्यालयमा आएर तालाबन्दी गरेको मृतकका बुवा मन्नाम रावलले बताउनुभयो ।

पहिला करारमा जागिर खुवाउने र ५ लाख दिने दुबै सहमति भएको अहिले कार्यालयले क्षतिपूर्तिका नगद या जागिर मात्र दिने कार्यालयले बताएको छ ।

बाजुरा वितरण केन्द्रका प्रमुख ललित मण्डलका अनुसार जिल्लामा सर्वपक्षीय बैठकले ५ लाख नगद र करारमा जाखिर दिने सहमति गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?