अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताउनुभएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्ट्स मिटको पोखरामा उद्घाटन गर्दै उहाँले शिक्षाबिना समाज विकासको परिकल्पना गर्न नसकिए झैँ समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताउनुभयो ।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने भन्नुभयो । भविष्यका लागि पनि शिक्षण पद्धतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताउनुभयो । प्याब्सन कास्कीमा एक सय दुई निजी तथा आवासीय विद्यालय सदस्यका रूपमा आबद्ध रहेको र यी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र सात हजार तीन सयभन्दा बढीको संख्यामा शिक्षक–कर्मचारी कार्यरत रहेको प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?