नवोदितलाई टप्स बास्केटबल उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवोदितले टप्स अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवोदितले श्वेता सदनलाई ५३-३० ले पराजित गर्‍यो । नवोदितका पुजन थपलियाले ३२ स्कोर गर्नुभयो ।

पुजन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा हृवाइट हेभन तेस्रो भयो । हृवाइट हेभनले बेलमोन्टलाई २२-१३ ले हरायो । विजेताका मिसनबहादुर मगरले ११ अंक जोड्नुभयो ।

प्रतियोगितामा श्वेता सदनका जमेश महर्जन सर्वाधिक स्कोरकर्ता बन्नुभयो । प्रतियोगिताभर जमेशले १०३ स्कोर गर्नुभयो । गण्डकी अनुशासित टिम चुनियो ।
विजेतालाई टप्सका अध्यक्ष आरसी भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?