काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध धमाधम पुनरावेदनमा जान थालेको छ । विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै अख्तियार धमाधम पुनरावेदनमा जान थालेको हो । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये थप दुई मुद्दामा सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।
राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दाहरूमा सोमबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सिआर ००५०, वि.अ.को फैसला मिति २०७९/४/९) को राजस्व रकम बैंक दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ. को मु.नं. ०७५ सिआर ०२३१, वि.अ.को फैसला २०७९/२/२७) को नक्कली बैंक ग्यारेण्टी पेस गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो । भट्टराईलाई मागदाबीभन्दा कम बिगो कायम जरिवाना हुने र ६ वर्ष कैद तथा गणेशकुमार पोखरेललाई सफाइ पाउने गरी फैसला भएकोप्रति आयोगको असन्तुष्टि छ ।
यस्तै, अर्को मुद्दामा प्रतिवादीहरू देवजङ शाही र रणधीर तुम्बालाई ठहर तथा छविलाल ढकाललाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम ठहर गरी दफा १९ बमोजिमको कसुरमा सफाइ दिइएकोमा अख्तियारको असन्तुष्टि छ । अन्य प्रतिवादीहरूलाई सफाइ पाउने ठहर भई फैसला भएको भन्दै आयोगले मागदाबी अनुसारकै सजायको माग पुनरावेदनमार्फत गरेको छ ।
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुनरावेदनमा गएको यो पहिलोपटक भने होइन । यसअघि पनि अख्तियारले बेलाबेलामा विशेषको फैसलामा चित्त नबुझाउँदै पुनरावेदनमा जाने गरेको थियो । यसवर्ष विशेष अदालतले सफाइ दिएका १२४ मुद्दामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएको थियो । विभिन्न समयमा आयोगले नै दायर गरेका भ्रष्टाचारका मुद्दालाई सबै प्रमाण जाँच नगरी विशेष अदालतले सफाइ दिने गरेको आयोगको ठहर छ । अघिल्लो वर्ष पनि १ सय ३१ मुद्दाको फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन दिएको थियो । गत वर्ष अख्तियारको इतिहासमै सबैभन्दा बढी मुद्दा उल्टिएका थिए । गत आर्थिक वर्षमा विशेषबाट फैसला भएका ६० प्रतिशत मुद्दा अख्तियारले हारेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका