बालविवाह र छाउपडी प्रथाविरुद्ध सचेतना चलाउँदै क्याड नेपाल

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । समाजिक विकृतिको रुपमा रहेको बालविवाह र छाउपडी प्रथालाई हटाउनका लागि क्याड नेपालले जुम्लाका गाउँमा सचेतना कार्यक्रम चलाउँदै आएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ‘आत्मा सम्मानका लागि सहकार्य’ नारासहित क्याड नेपाल जुम्लाले सामाजिक कुरिति बिरुद्धका बिभिन्न अभियान थालेको हो ।

क्याड नेपालले बालविवाह, अंपांगता भएका ब्यक्तिको हक अधिकार र छाउपडी प्रथा जस्ता बिषय बस्तुमा टेकेर काम गर्दै आएको छ । जुम्लामा बालविवाहको अवस्था गम्भिर बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह न्यूनिकरण गर्नका लागि पालिका स्तरमा रणनीतिक योजना निमार्णमा भूमिका खेलेको क्याड नेपाल जुम्लाका संयोजक गिरी राज अधिकारीले बताउनुभयो ।

जिल्लाको हिमा गाउँपालिकामा महिला संञ्जालसँग समन्वय गरेर घरेलु हिंसा, बालविवाह, छाउपडीबिरुद्ध सचेतनाका कार्याक्रम गर्दै आएको संयोजक गिरीले भन्नुभयो, सिंजा गाउँपालिकामा अपांग संञ्जालसंगको समन्वयमा काम गर्दै आएको छ ।

त्यस्तै कनकासुन्दरी गाउँपालिकामा दलित समूहसंगको समन्वयमा काम गर्दै आएको छ । सुरक्षित विद्यालय, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि चेतना, युवा, महिला, बालबालिकाहरूलाई स्थानीय स्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत बिभिन्न कार्यक्रममार्फत समाजिक विकृति हटाउन लागि परेको संयोजक गिरीले जानकारी दिनुभयो ।

जुम्लाका पत्रकारहरूसंगको भेटघाट कार्यक्रममा संयोजक अधिकारीले क्याडले संञ्चालन गर्दै आएका क्रियाकलाप र आगामी दिनमा संञ्चालन हुने गतिबिधिका बारेमा सुझाव संकलन गरेको थियो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रामिण भेगको आवश्यकताको आधारमा कर्याक्रम संञ्चालन गर्न अनुरोध गर्नुभयो। फिल्ड क्षेत्रमा विभिन्न संस्थाले संचालन गर्ने हरेक क्रियाकलापको बिषयमा अनुगमन गर्ने, नियमन गर्ने निकाय हुनु पर्नेमा शाहीले जोड दिनुभयो ।

त्यस्तै पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बालविवाहले महिलाको प्रजनन स्वास्थ्यमा समस्या भई यसको असर जीवन कालभर रहने हुँदा यसको रोकथाममा अहिलेबाटै लाग्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?