विकास निर्माणको कार्यमा राजनीति गर्नु राम्रो होइन: सचिव पण्डित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव श्री शंकर पण्डितले रुबिभ्याली गाउँपालिकाको निर्माणाधिन सडकहरुको अनुगमन गर्नु भएको छ ।

सचिव पण्डितले पालिकाभित्र रहेका ग्रामीण भेगका निर्माणाधिन सडकहरुको अनुगमन गर्नुभएको हो । उहाँले यस पालिका भित्रको विकास निर्माण कार्यमा कुनै पनि कसुर बाँकी नराख्न गाउँपालिकालाई अनुरोध गर्नुभयाे । उहाँले गाउँको विकासका लागि कुनै पनि राजनीतिक दलहरुले विरोध गर्न नहुने बताउँदै सबैले हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

अर्को प्रसंगमा बोल्नु हुँदै उहाँले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणामले जिल्लाको राजनीतिक अवस्थामा फरकपन ल्याएको बताउनुभयो । यस्तै उहाँले बागमती प्रदेश सरकारले रुबिभ्याली गाउँपालिकालाई प्रदेश गौरबको आयोजनाको रुपमा विकास गर्न बिनियोजित रु १० करोड के कसरी कुन बिषयलाई प्राथमिकता दिने भन्ने बिषयमा पालिकसँग छलफल समेत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?