नयाँ पार्टी खोल्दै प्रभु साह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने हुनु भएको छ । निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिनुभयो।

‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले भन्नुभयो । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको थिाये। माओवादी र एमाले दुवैमा उहाँ स्थायी कमिटी सदस्यसमेत हुनुहुन्थ्यो । तर अहिले उहाँ दुवै पार्टीमा हुनुहुन्न ।

एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उहाँले निकट किरण साह विजयी हुनु भएको छ। मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट भनिन थालिएको छ । त्यसैले उहाँसँग तीनजना प्रतिनिधिसभा सदस्य छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।
-न्युज कारखाना
 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?