बालाजुमा ९० वर्षीया वृद्धाको हत्या

Read Time = 1 min

काठमाडौं । काठमाडौंको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो ।

प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको  प्रहरीको भनाइ छ ।

उनका श्रीमान‍्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् ।

सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजिका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत उनी फेला परेकी छन् ।

उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?