अर्जेन्टिनाविरुद्ध क्रोएसिया : मेस्सीलाई आफू महान् खेलाडी साबित गर्ने मौका

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दुई आइकोनिक बालोन डि ओर नम्बर १० र दुई विश्वकप फाइनल खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर रहेको छ ।

अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक मंगलबार राति हुने पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ खेल्ने छन् ।

पेरिस सेन्ट जर्मेन पिएसजीका ३५ वर्षीय मेसी र रियल मड्रिडका ३५ वर्षीय करियरको अन्तिममा फाइलन खेल्ने या तेस्रो स्थानको लागि भिड्ने पक्का छ । अर्जेन्टिना पनि अहिले मेस्सीसँगै आफ्नो लागि उपाधि दिलाउन लागेको छ । यो मेस्सीलाई आफू महान् खेलाडी साबित गर्ने मौका छ । सन्ताहन्तपछि दुबै खेलाडीको अन्तर्राष्ट्रिय खेल करियर अन्त्य हुने छ। यस खेलको विजेताले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म पाँच खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिना र क्रोएसिया समान दुई खेलमा जित निकालेको छ भने एक खेल बराबरी भएको थियो।

सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियासँग समूह चरणमा खेलेको थियो । उक्त खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनलमा पुगेको मेस्सीको टोली उपाधि जित्ने मौकाबाट चुकेको थियो। उक्त समयमा अर्जेन्टिना फाइनल जर्मनीसँग पराजित हुन पुग्यो । खेलको अन्तिम समयमा अर्जेन्टिनाले गोल गर्दै उपाधि उचालेको थियो। प्रतियोगितमा मेस्सी भने उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

दुबै टोलीले क्वार्टरफाइनलमा जितका लागि पेनाल्टी सुटआउटको साहारालिएका थिए । अर्जेन्टिनाले नेदरल्यान्ड्स तथा क्रोएसियाले सर्वाधिक सफल ब्राजिललाई हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?