ज्याकलिनविरुद्ध मानहानिको मुद्दा

Read Time = 1 min

मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानिको मुद्दा परेको छ । ज्याकलिनविरुद्ध अर्की अभिनेत्री नोरा फतेहीले दुई सय करोडको मानहानि मुद्दा दायर गर्नुभएको हो । ज्याकलिनले आफूविरुद्ध दुर्भावनापूर्ण ढंगले गलत बयान दिएको आरोप नोराले लगाएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

ईडीले मनी लाउन्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । आर्थिक अनियमिततको मुद्दा खेपिरहनुभएकी ज्याकलिनलाई सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लाउन्ड्रिङ गरेको आरोप लागेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?