हरिको कृष्ण भजन ‘यो शिर मेरो झुकाउँछु’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । हालै ‘गुरु’ भजन श्रोता/दर्शकमाझ ल्याउनुभएका गीतकार हरि उप्रेतीले कृष्ण भजन ‘यो शिर मेरो झुकाउँछु’ लिएर आउनुभएको छ । भीम ढकालको स्वर, तृप्ती खडकाको संगीत रहेको भजन ‘यो शिर मेरो झुकाउँछु’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो हरि उप्रेती अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको केही समय पहिला गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?