३५ करोड लगानीमा नेशनल लाइफको व्यापारिक भवन

Read Time = 1 min

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा साततले अत्याधुनिक सेवा सुविधासहितको आफ्नै व्यापारिक भवन निर्माण गर्ने भएको छ । कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले जगपूजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार करिब साढे चार कठ्ठामा निर्माण हुने भवन अण्डरग्राउण्ड पार्किङसहितको हुनेछ भने भवनमा कम्पनीको कार्यालयका साथै अन्य व्यापारिक कार्यालयसमेत सञ्चालन गर्न सकिनेछ ।

५२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिई भवन निर्माण सुरु गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?