आइएमई डिजिटलको सिइओमा रेग्मी

Read Time = 1 min

काठमाडौं । आइएमई गु्रपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीण रेग्मी नियुक्त हुनुभएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर रेग्मीसँग सम्बन्धित क्षेत्रमा डेढ दशकभन्दा बढीको कार्यानुभव छ ।

कम्पनीका अनुसार पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवं प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसक्नुभएको छ । एक कार्यक्रमबीच आइएमई पेका अध्यक्ष एवं ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गर्दै रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?