पहाडमा बदली, तराईमा हुस्सु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?