कतार विश्वकप : दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज साविक विजेता फ्रान्स र मोरक्को खेल्दै छन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल अल बायत स्टेडियममा हुनेछ। यो खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। मंगलबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

फ्रान्स साविक विजेता हो भने मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको देश हो । मोरोक्को नयाँ इतिहास बनाउँन चाहन्छ । मोरक्कोलाई सेमिफाइनलमा रोक्दै फ्रान्स पुनः उपाधि जित्ने लक्ष्यमा छ ।

फ्रान्स १६ पटक विश्वकपमा सहभागी भएको छ। फ्रान्स र मोरक्को विश्वकपमा भने पहिलोपटक भिड्न लागेका हुन्। तर मैत्रीपूर्ण र अन्य प्रतियोगितामा गरी ७ पटक प्रतिस्पर्धा गरेका छन्।

जसमा ४ खेल बराबरीमा सकिएका छन् । बाँकी ३ खेलमा फ्रान्स विजयी भएको छ। मोरक्कोले फ्रान्सलाई हराउन सकेको छैन। फ्रान्सले १३ गोल गरेको छ भने ७ गोल मात्रै खाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?