राष्ट्रपतिको पहलमा बहुप्राबिधिक शिक्षालय खुले पछि स्थानीयमा उत्साह

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफनै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ मानेभञ्याङ, आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुले पछि स्थानीयमा समेत उत्साह देखिएको छ ।

प्राबिधिकधारको शिक्षा लिनबाट बञ्चित भई रहेको अवस्थामा गाउँ मै शिक्षा लिन सकिने भए पछि गाउँवासी मात्र होइन जिल्लावासीमा समेत उत्साह छाएको छ । शिक्षलयको राष्ट्रपति भण्डारीले आज उद्धघाटन गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जनाकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, ‘जिल्लाको रामप्रसाद राई गाउँपालिकामा बनेको बहुप्राबिधिक शिक्षालयको बुधवार उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ, जसका लागि तयारी भई रहेको छ ।’ शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीको बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको बताइएको छ ।

भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको हो । राष्ट्रपति भण्डारीको गृह जन्मघर छेउमा ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र आफन्न परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।

शिक्षालयमा एकाडेमिक भवनका साथै होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याव, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयमा शुरुमा बाली विज्ञानको अध्ययन गराइने भएको छ । जसका लागि बिद्यार्थीको भर्ना अभियान समेत सुरु भई सकेको छ । सो पश्चात आगामी दिनमा थप विषयहरु थप्दै लैजाने शिक्षालयले जनाएको छ । भवन निर्माणको कार्य मार्सेली निर्माण सेवाले गरेको हो ।

राष्ट्रपतिले आफ्नै ठाउँमा ठूलो लगानीमा प्राविधिक शिक्षालय स्थापना गरि दिएपछि प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने स्थानीयबासीको भनाई छ । जिल्ला सदरमुकामबाट सडक मार्गमा पुगिने यस क्षेत्रमा सडक पक्की हुन सकेको छैन । जसका कारण बर्षातको समयमा भने आवज जावतमा समस्या हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?