बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्न राष्ट्रपति भण्डारी भोजपुरमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुर आइपुग्नु भएको छ । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटनको लागि राष्ट्रपति भण्डारी भोजपुर आईपुग्नु भएको हो ।

शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको जिल्ला स्थित सुरक्षा निकायले जानकारी दिएको छ ।

दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा मानेभञ्ज्याङमा बहुप्राबिधिक शिक्षालय खुलेको हो । शिक्षालय निर्माणका लागि राष्ट्रपतिले ३७ रोपनी र उहाँको आफन्न परिवारबाट १८ रोपनी जग्गा निःशुल्क प्रदान गरिएको थियो ।

शिक्षालयका लागि एकाडेमिक भवनका साथै छात्राका लागि होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायत संरचनाहरु निर्माण भएको छ । राष्ट्रपतिको पहलमा आफनै गाउँमा बहुशिक्षालय निर्माण भएपछि स्थानीयमा समेत उत्साह छाएको छ । पहिलो चरणमा बाली बिज्ञान पठनपाठनका लागि शिक्षालयले भर्ना समेत खुलाई सकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?