सचिन तेन्दुलकरका छोरा अर्जुनको डेब्यु खेलमा शतक

Read Time = 1 min

नयाँदिल्ली । सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले आफ्नो पहिलो खेलमा शतक प्रहार गर्नुभएको छ । गोवाका लागि राजस्थानविरुद्ध खेल्दै अर्जुनले १७७ बलमा शतक पूरा गर्नुभएको हो । उहाँ एस प्रभुदेसाईसँग क्रिजमा उभिनुभएको थियो ।

सचिन तेन्दुलकरले पनि सन् १९८८ मा आफ्नो पहिलो रणजीमा शतक बनाउनुभएको थियो । सामाजिक सञ्जालमा समेत धेरैले अर्जुनलाई सचिन तेन्दुलकरसँग तुलना गरिरहेका छन् ।

अर्जुनले यस वर्षको सुरुमा गोवा टोलीबाट खेल्न थाल्नुभएको हो । उहाँ आइपिएलमा मुम्बई इण्डियन्सको टोलीमा पनि हुनुहुन्थ्यो तर प्लेइङ इलेवनमा कहिल्यै स्थान बनाउन सक्नुभएन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?