‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय छ । पोखराका युवाहरूले मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथा वस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउनुहुन्छ । रानाले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा एक्सन, कोरियोग्राफी र निर्देशन रानाकै रहेको छ ।

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको चलचित्रमा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोष्टर डिजाइन सविन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ । चलचित्रको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सहनिर्मातामा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहनुभएको छ ।

चलचित्रमा निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अबिराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोकालगायत कलाकारको अभिनय छ । श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पुस १५ ल्होसारको अवसरमा सिनेमाघरमा नभई युट्यबमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?