काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिकोत्सवका अवसरमा समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय जोरपाटीमा एक कार्यक्रमबीच गुठीका कार्यकारी निर्देशक सञ्जेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
गैरनाफामूलक गैरसरकारी संस्था समता शैक्षिक गुठीले नेपालका ७७ जिल्लामा कुल ८४ विद्यालय सञ्चालन गरिरहेको छ । गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाले न्यूनतम मासिक शुल्कमैै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका