कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

तस्बिर : सामाजिक संजाल

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको कोटाअनुसार धान खरिद गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रदेश कार्यालय प्रमुख इञ्जिला बस्नेतका अनुसार मंगलबारदेखि कैलालीको मोहनपुर, टीकापुर र शक्तिबाट धान खरिद सुरु गरिएको हो ।

पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १६ कात्तिकको मोटा धानको न्यूनतम मूल्य दुई हजार ९६७ र मध्यम धानको मूल्य तीन हजार १२८ कायम गरेको थियो । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।

कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शुक्रबार तीन स्थानबाट धान खरिद गर्ने निर्णय गरिएको थियो । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार ८८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।

गत वर्ष मोटो धानको मूल्य दुई हजार ७५० र मसिनो धानको मूल्य दुई हजार आठ सय निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका चार स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?