यस्तो हुन्छ बिहीबार जन्मिएका व्यक्तिहरूको स्वभाव र व्यक्तित्व

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रो समाज विभिन्न तिथि मितिमा जन्मिएका मानिसको त्यसैअनुसार भाग्य पनि हुन्छ भन्ने मान्यता छ । यसैले मानिसहरू आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् । वास्तवमै भन्ने हो भने जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

ज्योतिषशास्त्रका अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । पौराणिक कालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुणहरू देखा पर्ने बताएको छ ।

आउनोहोस्, बिहीबार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ जानी राखौँ ।

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो वार जन्मिएका मानिस सफा, स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् । तपाईं मानिसहरूलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरूका लागि आदर्श पनि हुनुहुन्छ ।

तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरू आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाईं चाँडै नै मानिसहरूलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।

बिहीबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरू प्रेम विवाह गर्छन् । उनीहरूको वैवाहिक जीवन सुखमय हुने गर्दछ । बिहीबार जन्मेका व्यक्तिहरू धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

बिहीबार जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्नेहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?