रुसी आक्रमणलाई विफल पारेको युक्रेनको दाबी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूको दाबी छ ।

रुसी आक्रमणलाई विफल पारे पनि ड्रोनका केही भग्नावशेषबाट पाँचवटा भवनमा क्षति पुगेको तर कुनै मानवीय क्षति नभएको युक्रेनले जनाएको छ ।

रुसले युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १३ वटा ड्रोनहरू प्रहार भएको र ती सबैलाई रोकिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?