पेरुमा देशव्यापी संकटकाल घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ ।

महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।

पेरुका रक्षामन्त्रीले महाभियोग लगाएर गत ७ डिसेम्बरमा राष्ट्रपति पेड्रो कैस्टिलोलाई पदबाट हटाएका थिए ।

राजनीतिक संकट बढ्दैगएपछि आमचुनाव गराउन माग गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अवस्था हिंसक बनेपछि दुई जनाको ज्यान गएको छ ।

पेरू धेरै वर्षदेखि राजनीतिक उथलपुथलमा फस्दैआएको छ । त्यहाँका धेरै नेताहरुलाई भ्रष्टाचारको आरोप पनि लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?