काठमाडौं । काठमाडौंको ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
सितापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका