चन्द्रागिरिमा पुगेपछि बलिउड अभिनेता विवेक ओबरोयले भने : नेपाल साँच्चै सुन्दर रहेछ (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको बिहीवार भ्रमण गर्नुभएको छ ।

विहीबार अभिनेता ओबरोय, उहाँ पिता सुरेश ओबरोय लगायत उहाँका १० जना परिवारले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै रिसोर्टमा लन्च गरेर फर्किनुभएको थियो । ओबरोय परिवारले चन्द्रागिरिमा करिब २ घण्टा बिताउनु भएको थियो । उहाँ आजै पोखरा जाँदै हुनुहुन्छ ।

आजै बिहान उहाँले पशुपतिनाथको दर्शन गर्नुभएको थियो । ओबरोयले नेपाल निकै सुन्दर रहेको बताउनु भएको छ । उहाँ बुधबार साँझ नेपाल आइपग्नुभएको हो । उहाँको नेपाल बसाई १० दिनको हुने छ ।
तस्वीर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?