कर्णाली प्रदेशमा पनि सिएनआई

Read Time = 1 min

काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघ(सिएनआई) गठन भएको छ । सिएनआईका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बिहीबार सुर्खेतमा कर्णाली प्रदेश सिएनआई सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश सिएनआईको शुभारम्भ गर्नुभएको हो । पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश सिएनआईको विधान निर्माण, दर्ता प्रक्रियालगायत सचिवालय निर्माण गर्दै प्रथम साधारणसभा सम्पन्न गरेको छ ।

सिएनआईका अनुसार साधारणसभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा अकलबहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ट तथा पुष्पा शाही रहनुभएको छ । सो अवसरमा सिएनआई प्रदेश तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती उद्योग सिएनआई अध्यक्ष भेषराज दुवाडीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?