समृद्धि र ए टु जेड बजारबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्राण्डको इ-साइकल खरिदमा सबै मोडलमा फ्लाट १५ हजार रुपैयाँसम्म छुट दिने कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा समृद्धि फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गर्नुभएको हो । समृद्धिका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडमार्फत् लेक्ट्रो ब्राण्डको इ-साइकल खरिद गर्दा १५ हजार रुपैयाँसम्म छुट पाउने कम्पनीका व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?