देशभर चिसो बढ्यो, पहाडी क्षेत्रमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि अहिले बिहान तराईका केही स्थानहरूमा हुस्सु लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज(शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच, तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसकारण देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै गएको हो ।

यस्तै आज बिहान काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?