प्राणी परिचय : समुद्री हात्ती

विनोद दाहाल वत्स
Read Time = 4 mins

म समुद्री हात्ती हुँ । हात्ती भन्ने बित्तिकै लामो सुँढ भएको विशाल स्थल हात्तीको सम्झना मानिसलाई हुनसक्छ तर म त्यस्तो हुन्न । मेरो शरीर पनि स्थल हात्तीकै जस्तो ठूलो र भद्दा त हुन्छ तर मेरो सुँढ र खुट्टा हुँदैनन् । म वास्तवमा माछाकै वर्गको प्राणी हुँ । म पानीमै बस्छु, पानीबाहिर बस्न सक्दिन । भद्दा शरीर भए पनि पानीमा म राम्ररी पौडन सक्छु ।

हामी दुई किसिमका हुन्छौँ । अन्टार्टिकाको वरिपरि बस्ने हामी ‘दक्षिणी समुद्री हात्ती’ भनेर चिनिन्छौँ । क्यालिफोर्निया तथा अन्य समुद्रमा बस्ने हामीलाई ‘उत्तरी समुद्री हात्ती’ भनिन्छ । झट्ट हेर्दा भने हामीमा त्यति ठूलो अन्तर हुँदैन ।

मेरो मुख जलगैंडाको जस्तो ठूलो हुन्छ । शरीर भने नरम मांसपेसीले बनेको भद्दा खालको हुन्छ । म जलगैंडा जस्तो चारखुट्टे प्राणी होइन । मेरा खुट्टा हुँदैनन् । मेरो पुच्छरमा माछाका जस्ता ठूला पँखेटा हुन्छन् । यी तीन खण्डमा विभाजित हुन्छन् र तीनवटा पुच्छर जस्ता देखिन्छन् । म जवान हुँदा छ मिटरसम्म लामो हुन्छु । मेरो शरीरको तौल तीन हजार किलोग्रमसम्मको हुन्छ तर मेरो पोथी भने मभन्दा निकै सानो हुन्छ । उसको लम्बाइ तीन मिटरसम्मको मात्र हुन्छ । मेरा बच्चाहरू जन्मिदै ४०-५० किलोग्रामसम्मका हुन्छन् । गर्भधारणको १३ महिनापछि मेरो पोथीले एउटा बच्चा जन्माउँछे ।

कुने खतराको महसुस हुनासाथ म आफ्नो शरीरलाई बेस्सरी हल्लाउँछु र पानीमा तरंग पैदा गर्छु । यसो गर्दा पानीमा पैदा हुने तरंगमा सानातिना प्राणीहरू बग्छन् । यसरी जीउ हल्लाउँदा म ठूलो आवाजका साथ गर्जिन्छु पनि । यसो गर्दा हत्तपत्त शत्रुहरू मेरो नजिक पर्दैनन् । क्यालिफोर्नियामा पाइने मेरो जातिको आवरण (शरीरको कत्ला वा सेल) निकै मूल्यवान हुन्छ । त्यसैले त्यहाँ मेरो व्यापक चोरी सिकारी हुन्छ । यस कारण यहाँ म लोप हुने अवस्थामा पुगेको छु । छाला र मासुका लागि भने अन्टार्टिका क्षेत्रमा पनि मेरो व्यापक चोरी सिकार हुन्छ ।

मेक्सिको सरकारले मेरो संरक्षणका लागि पाइला चालेको छ । त्यसकारण हाल मेरो संख्यामा केही वृद्धि भएको छ । हालका केही वर्षयता प्रत्येक वर्ष हाम्रो संख्या आठ हजारदेखि दश हजारसम्म वृद्धि भएको अनुमान गरिएको छ । यसबाट मेरो बंशको लोप हुने अवस्थाबाट भने म जोगिएको छु र समुद्रमा वातावरणीय सन्तुलन पनि कायम हुने कुरामा विश्वस्त बनेको छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?