रास्कोटका नगरप्रमुख चढ्ने गाडी ६ महिनादेखि सडकमै अलपत्र

हिमालय टाइम्स
Read Time = 2 mins

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले आफ्नो सवारीसाधन ६ महिनादेखि सडकमा अलपत्र छाडेको छ । नगरपालिकाको बा १ झ ६४२२ नम्बरको सरकारी प्लेटको गाडी खाँडाचक्र नगरपालिका—२ को जाम्न मोडमा बेवारिसे अवस्थामा छाडिएको हो ।

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्डको सेरीघाटको एक मोडमा ६ महिनादेखि गाडी अलपत्र छोडेपछि पार्टपुर्जा खिया लागेर काम नलाग्ने भएका छन् । गाडीका सिसालगायत सामग्री चोरी भएको छ । रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले प्रयोग गरेको यो गाडी जेठको पहिलो साता सुर्खेतबाट आउँदै गर्दा गाडी जाम्न मोडमा बिग्रेपछि यही छाडिएको हो ।

नगरपालिका प्रमुख चढ्ने अर्को गाडी भएकाले उक्त गाडीका बारेमा कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । गाडी मर्मत गर्ने विषयमा रास्कोट नगरका जिन्सी शाखा प्रमुख अरुण रोकाले गाडी १० वर्षभन्दा बढी चलिसकेकोले गाडी पुरानो भएकाले नबनाएको बताउनुभयो ।
यो गाडी पशु चिकित्सा विभागले नगरपालिकालाई सञ्चालन गर्न हस्तान्तरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?