पोर्चुगलका मुख्य प्रशिक्षक बर्खास्त

Read Time = 2 mins

लिस्वेन । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो । विश्वकपका पछिल्ला दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बाहिर राखेपछि सान्तोसको आलोचना भएको थियो ।

रोनाल्डोलाई नखेलाइएको स्विट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलले जित हात पारेपनि मोरक्कोविरुद्ध भने हार व्यहोरेको थियो । सन् २०२४ सम्म सम्झौता रहेका सान्तोसलाई महासंघले एकवर्ष अघि नै बर्खास्त गरेको हो ।

तर, सान्तोसले रोनाल्डोलाई टोलीमा नराख्ने निर्णयले कुनै असर नपरेको बताउनुभएको थियो । ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुःखी छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन’, उहाँको भनाइ थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?