ऊर्जा उद्यमी प्रधान र न्यौपाने कारबाहीमा

Read Time = 2 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऊर्जा उद्यमीद्वय ज्ञानेन्द्रलाल प्रधान र गुरूप्रसाद न्यौपानेलाई कारबाही गर्ने भएको छ । बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो ।

उनीहरूले कानुनविपरीत अवैधरूपमा आफू पदमा रहँदा दोस्रो बजारमा सेयर खरिदबिक्री गरेको देखिएको बोर्डले जनाएको छ । बोर्डले एक वर्षअघि उनीहरूको सेयर कारोबारबारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा उनीहरूले सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको देखिएको थियो ।

बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीले पदमा रहँदा वा पदबाट हटेको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ । तर, बोर्डका अनुसार नेपाल हाइड्रोको अध्यक्ष रहँदा प्रधानले श्रीमती, छोरा र छोरीका नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर बेचेको देखिएको थियो । न्यौपानेले पनि आफू अध्यक्ष रहँदा नै तत्कालीन रिडी डेभलपमेन्ट कम्पनीको २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार नौ सय ५३ कित्ता सेयर बिक्री गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?