महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई तालिम सञ्चालन सम्बन्धमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेशनका अध्यक्ष पंकज जलानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुनसक्ने बताउनुभएको छ ।

सूचना प्रविधि तालिम महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने र तालिमका लागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटीसमेत गठन गरिने चेम्बरले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवद्र्धन, वेबसाइट डिजाइनलगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव अधिकारीले जानकारी दिनुभयो । तालिम कार्यक्रम पुस १५ गतेदेखि एक वर्षसम्म सञ्चालन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?