काठमाडौं । युवा पत्रकार गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड-२०२२’ बाट सम्मानित हुनुभएको छ । मरासिनीलाई पत्रकारिताका माध्यमबाट युवापुस्ताका लागि प्रेरणादायीरूपमा सेवा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेस्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याललगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।
विभिन्न सञ्चारमाध्यममा पत्रकारिताको अनुभव बटुल्नुभएका मरासिनीले विशेषगरी युवा, पर्यटन र सामाजिक क्षेत्रका विभिन्न विषयमा कलम चलाउँदै आउनुभएको छ । मरासिनी हाल अनलाइन पत्रकार संघको सचिवसमेत हुनुहुन्छ । कार्यक्रममा उहाँसहित सार्कका विभिन्न देशबाट युवाका विषयमा योगदान पुर्याएकाहरूलाई सम्मान गरिएको थियो । काठमाडौंमा आयोजित सार्क क्षेत्रीय सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका