काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिनुभयो।
नयाँ मूल्य सूची आएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ।
पेट्रोलको १ सय ८१ बाट घटेर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेलकको १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ।
हवाइ इन्धन(आन्तरिक र हवाइ इन्धन-बाह्य) को मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ।
यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको थिएन।
निगमले आईओसीलाई डिसेम्बर २०२२ सम्म १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ। यस्तै सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका