दम्पती हत्या अभियोगमा धादिङका दुई बालक प्रहरीको नियन्त्रणमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गर्न दुई बालकलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

गत मंसिर २६ गते सोमबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा शब फेला परेको थियो ।

ती दुई बालक एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत रहेको स्थानीयहरूको भनाइ छ । हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको र दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको खत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?