काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ ।
शनिबार (आज) आयोगका पदाधिकारीहरूले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेका छन् ।
आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्नु हुनेछ । यस्तै, आयुक्त सगुनशमशेर जबराले मधेश प्रदेश र सचिव गोकर्णमणि दुवाडीले बागमती प्रदेशको चुनावी परिणाम पेश गर्नु हुनेछ ।
यसैगरी, गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने कार्यक्रम छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका