थारु गीत ‘घरपाला मोद’ सार्वजनिक

Read Time = 1 min

काठमाण्डाै‌ं । चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । गायक सञ्जय चौधरीकै शब्द/संगीत रहेको गीत युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ ।

ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका छन् ।

गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरु चर्चित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?