एटीएफ यु–१४ टेनिस: शिभाली गुरुङलाई दोहोरो स्वर्ण

Read Time = 2 mins

काठमाडौं । नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गल्र्स सिंगल्समा च्याम्पियन बनेकी छिन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको फाइनलमा शिभालीले आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितेकी हुन् । यसअघि शिभालीले स्वस्तिका विष्टसँग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी थिइन् ।

ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुषमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ ९३० र ६–२ ले हराउदै पहिलो स्थान हात पारेका थिए ।
नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

६ दिने प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट–२ का खेलहरू सोमबारदेखि हुने नेपाल टेनिस संघका कार्यालय सविच प्रवीण देवकोटाले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?